काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूची अन्ततः टुंग्याएको छ। अधिकांश राजनीतिक दलहरूले रातभरमै सूची बुझाइसक्दा कांग्रेसको सूची भने ढिलो गरी तयार भएको हो।
सहमहामन्त्री जीवन परियार र मुख्यसचिव कृष्णप्रसाद पौडेलसहितको टोलीले ११० जनाको नामावली क्लस्टरअनुसार अन्तिम रूप दिई सभापति शेरबहादुर देउवाको हस्ताक्षरका लागि महाराजगञ्ज प्रस्थान गरेको छ।
निर्वाचन आयोगमा यसअघि नै टोकन लिएका कांग्रेसका प्रतिनिधिले भर्खरै मात्र बन्दसूची टुंग्याएका हुन्। अब केहीबेरमै समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाइने जनाइएको छ।

























