काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताएकी छन् ।
प्रमुख तीन दलका शिर्ष नेताहरु नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँगको सामुहिक छलफलमा उहाँले सो प्रतिवद्धता व्यक्त गरेकी हुन् ।
बैठकमा एमाले अध्यक्ष ओलीले निर्वाचनका लागि वातावरण बनाउनुपर्नेमा जोड दिएपछि प्रधानमन्त्री कार्कीले। त्यसका लागि उचित वातावरण बनाउने प्रतिवद्धता जनाएको बैठकमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
सञ्चारमन्त्री खरेलका अनुसार काँग्रेस सभापति देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहालले पनि एमाले अध्यक्ष ओलीलाई निर्वाचनका लागि तयार हुन आग्रह गरेका थिए । प्रधानमन्त्री कार्की र प्रमुख दलका शिर्ष नेताहरुबीच निर्वाचनमा जाने समझदारी भएको पनि सञ्चारमन्त्री खरेलको दाबी थियो ।
यसअघि पनि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीसहित प्रमुख तीन दलका शिर्ष नेताहरु देउवा, ओली र दाहालसँग तोकिएकै मितिमा निर्वाचन गराउने विषयमा छलफल भएको थियो ।
























