काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ । शुक्रबार जारी सूचनाअनुसार १२ जिल्लाका सीडीओसँगै कारागार व्यवस्थापन विभागको महानिर्देशकमा समेत हेरफेर गरिएको हो ।
सूचनाअनुसार कारागार व्यवस्थापन विभागको महानिर्देशकमा शशीधर घिमिरेलाई जिम्मेवारी दिइएको छ । भोजपुरको प्रमुख जिल्ला अधिकारीमा राजन पौडेललाई सरुवा गरिएको छ भने पर्वतमा लक्ष्मीप्रसाद पौडेल, खोटाङमा रेखा कँडेल र प्युठानमा शान्ति राज प्रसाईंलाई पठाइएको छ ।
गृह मन्त्रालयले प्रशासनिक कार्यलाई थप प्रभावकारी बनाउन सरुवा गरिएको जनाएको छ ।
को कहाँ ?

























