काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्जस्थित उनको निवास पुगेका छन् । उनीहरूबीच बिहान १० बजे भेटवार्ता भएको छ ।
खरेलले देउवालाई भेटेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि भेट्ने कार्यक्रम छ ।
खरेलको सचिवालयका अनुसार उनी बिहान ११ बजे ओलीलाई भेट्न गुण्डु पुग्नेछन् । त्यसपछि खरेल प्रचण्डलाई भेट्न १२ बजे पुग्ने बताइएको छ ।
केही दिनअघि सरकारी टोली पार्टी कार्यालयहरुको अनुगमनमा पुगेको थियो । यो भेटघाटलाई निर्वाचनको वातावरण बनाउनका लागि भएको प्रयासका रुपमा हेरिएको छ ।

























