काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बिहीबार पनि महाधिवेशन र समानुपातिक सूची तयार गर्ने विषयमा छलफल भएको छ । बिहीबारको बैठकपछि कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले समानुपातिक सूची तयार गर्नका लागि बिभिन्न मापदण्डका बारेमा छलफल भइरहेको जानकारी दिए।
युवाहरुको भावनालाई बुझ्न सक्ने, संसदमा प्रभावकारी निर्वाह गर्न सक्ने, अवसर प्राप्त गर्न नसकेकाहरुर्ला समेटेर सबै जिल्ला समावेश हुने गरि समानूपातिक सूची तयार गरिने उनले बताए ।
त्यस्तै महाधिवेशनको कार्यतालिकाका आधारमा तयारी गर्ने विषयमा पनि छलफल भइरहेको उनको भनाइ छ । प्रवक्ता महतले क्रियाशिल सदस्यताको विवादका कारण जिल्ला अधिवेशन समयमा नै हुने नदेखिएको बताए।
उनले पार्टीका सदस्यहरुले कसैले कसैलाई दोष नदिइ विधिसम्मत रुपमा क्रियाशिल सदस्यताको विषयलाई टुङ्गोमा पुराउनुपर्ने धारणा राखे । केन्द्रीय समिति बैठक केहि दिन चल्ने उनले बताए।
महतले महामन्त्री गगन थापालाई पार्टीमा आफ्नो जिम्मेवारी भुलेर अतिरञ्जित हुने गरी प्रस्तुत नहुन आग्रह गरे ।

























