काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफूहरु कहीँ जाँदा पनि सुख नहुने दिक्दारी अवस्थामा रहेको बताएकी छिन् ।
बिहीवार काठमाडौंमा आयोजित उत्कृष्ट कथा घोषणा समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले निर्वाचन सम्पन्न गर्न सरकार सकसका साथ काम गरिरहेको बताइन । उनले केही युवाहरुले निर्वाचन किन गर्ने भनेर प्रश्न गर्ने गरेको उल्लेख गर्दै वैधानिकता र कानूनको कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएको बताइन् । उनले जेनजी युवा पुस्ताहरुले पनि दुःख दिने गरेको गुनासो सुनाइन् । ३० वटा छुट्टै जेन-जी समूहहरुले आ—आफ्ना मागहरु ल्याएर हैरानी दिने गरेको उनको गुनासो छ ।
उनले नेपाललाई थप राजनीतिक संकटतर्फ धकेलिन नदिन सतर्क हुनुपर्ने अवस्था रहेको बताइन् ।

























