काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शीतल निवासमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताबीच भेटवार्ता जारी छ ।
भेटमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन् । प्रधानमन्त्री कार्की नियुक्त भएपछि शीर्ष नेताहरूसँग भएको यो पहिलो औपचारिक भेटवार्ता हो ।
राष्ट्रपति पौडेलको सक्रियतामा आयोजित उक्त छलफलमा समसामयिक राजनीतिक अवस्था र आगामी रणनीतिबारे विचार–विमर्श भइरहेको बताइएको छ ।
यसअघि जेन–जी आन्दोलनको पृष्ठभूमिमा प्रधानमन्त्री बनेकी कार्कीले शीर्ष नेतासँग प्रत्यक्ष संवाद नगर्ने अभिव्यक्ति दिएकी थिइन् । तर राष्ट्रपतिको पहलमा अहिले प्रत्यक्ष संवाद भएको हो ।

























