काठमाडौं । भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिने तयारी गरेको छ ।
आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माका अनुसार उनीहरूलाई २–३ दिनको म्याद तोकेर बयानका लागि चिठी पठाइनेछ ।
यसअघि पूर्वप्रधानमन्त्री ओलीले भदौ २३ र २४ को घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई ‘बोगस’ भन्दै आलोचना गर्दै आएका छन् । उनले जाँचबुझ आयोगमा बयान नदिने समेत बताएका छन् ।
आइतबार मात्रै एक टेलिभिजनसँगको अन्तर्वार्तामा पूर्वप्रधानमन्त्री ओलीले आफू जाँचबुझ आयोगमा बयान दिन नजाने भन्दै त्यसबापत गिरफ्तार हुनुपरे आफू तयार रहेको प्रतिक्रिया दिएका थिए ।
आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविराज रिजालसहितका तत्कालिन सुरक्षा प्रमुखहरुसँग बयान लिइसकेकाे छ



















