काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानाको नेतृत्वमा जेनजी युवाहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। प्रदर्शनमा रविकिरण हमाल, निकोलस भुसाललगायतको सहभागिता रहेको थियो।
प्रदर्शनकारीहरूले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेनजी आन्दोलनको मर्म र युवा पुस्ताको भावना बुझ्न नसकेको आरोप लगाएका छन्।
प्रदर्शनकारीहरूले सर्वपक्षीय सरकार गठन भएपछि मात्र निर्वाचन हुनुपर्ने माग गर्दै ‘जेन–जीको माग चुनाव होइन, सुशासन हो’ लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दै रविकिरण हमाल, निकोलस भुसालसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिएपछि स्थिति केही तनावग्रस्त बनेको थियो।
मिराजको नेतृत्वमा जारी आन्दोलनमा व्यापक धरपकड भएको भन्दै प्रदर्शनकारीहरूले सामूहिक गिरफ्तारी दिने प्रयास गरेका छन्। सोही क्रममा ढुंगानासहितको टोली सामूहिक गिरफ्तारीका लागि प्रहरी परिसर भद्रकालीतर्फ अगाडि बढेको थियो।
तर प्रहरीले माइतीघर क्षेत्रमा ब्यारिकेड लगाएर उनीहरूलाई रोक्दा हाल सोही स्थानमा नाराबाजी जारी रहेको छ।

























