काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीबाट बिदा भएका सदस्य तथा पदाधिकारीहरूलाई समेटेर केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने निर्णय गरेको छ ।
शुक्रबार काठमाडौंमा सम्पन्न नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले सल्लाहकार परिषद् गठन गर्ने जानकारी गराएका हुन्।
उनका अनुसार केन्द्रीय कमिटीबाट बाहिरिएका सदस्य र पदाधिकारीहरूलाई समेटेर पार्टीको सल्लाहकार परिषद् बनाइनेछ। बैठकमा विभिन्न निर्णयहरू निर्णयार्थ प्रस्तुत भइरहेको जनाइएको छ।
त्यस्तै, एमालेले आगामी पुस २७ देखि २९ गतेसम्म दोस्रो केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ।

























