काठमाडौं । नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक लगातार निर्वाचित केपी शर्मा ओलीले बिहीबार शपथ लिएका छन् ।
एमालेको ११औं महाधिवेशनमा अध्यक्षमा निर्वाचित भएपछि निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले ओलीलाई शपथ गराएपछि पुष्पगुच्छा प्रदान गर्दै बधाई तथा शुभकामना दिएका छन् ।
ओली २०७८ मा चितवनको सौराहामा आयोजित दशौं महाधिवेशनमा अध्यक्षमा निर्वाचित भएका थिए भने त्यसअघि उनी २०७१ मा काठमाडौंमा सम्पन्न नवौँ महाधिवेशनमा पहिलोपटक अध्यक्षमा निर्वाचित भएका थिए ।
२०६५ मा बुटवलमा भएको आठौं महाधिवेशनमा भने ओली झलनाथ खनालसँग पराजित भएका थिए ।
यस्तै अध्यक्ष ओलीले केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई सपथ गराएका छन् ।
























