काठमाडौं । एमालेको महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् ।
निर्वाचन परिणाम अनुसार उनी खुल्ला केन्द्रीय सदस्यतर्फ ७२ जनाभित्र अटाउन नसकेका पाण्डेलाई ९६१ मत मात्र आएको छ । १०२७ मत ल्याउनेसम्म केन्द्रीय सदस्य बनेका छन् ।
त्यस्तै अध्यक्षका प्रत्याशी ईश्वर पोखरेल वल्लतल्ल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनले १ हजार ८८ मत प्राप्त गरेका छन् ।

























