काठमाडौं । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ ।
सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो। अदालतको आदेशअनुसार लामिछाने धरौटी बुझाएर रिहा हुनेछन्।
यद्यपि, सोही मुद्दामा संलग्न छबिलाल बन्जाडेको हकमा भने रिहाइको आदेश नआएको उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।

























