काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न भएको छ। २२२७ मत खस्दा ३६ अनुपस्थित भए। निर्वाचन आयोगका अनुसार पार्टीको ११ औं महाधिवेशनमा ९८.०४ प्रतिशत मत खसेको छ।
महाधिवेशनमा केही प्रतिनिधि स्वास्थ्यका कारण उपस्थित हुन सकेनन् भने केही प्रतिनिधि मतदान गर्न नै गएनन्। निर्वाचन आयोगले दिएको विवरण अनुसार ३६ प्रतिनिधिले मतदान नगरेका हुन्।
यी हुन् मत नहाल्ने ३६ प्रतिनिधि
बालकुमार काउछा, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता, दानबहादुर विक, हिरबहादुर राजवंशी, पोष्टकुमार नेपाल, सरस्वती गौतम, सर्वतलाल राजवंशी, प्रदीपराज प्याकुरेल, समीर नेपाल, रचना राजोपाध्य, अशोक केसी, घनश्याम कोइराला, सिर्जना नेपाली, अषिम कोइराला, दिनेश बास्तोला, बालुका बेलबासे, गिरिराज बेलबासे, राजेश अर्याल,मिना पोखरेल, तेजकुमार विक, पल्लबराज भट्ट, तिलक रिजाल र गोमा नेपाली ।

























