काठमाडौं । नेकपा एमालेको नेतृत्वका लागि भइरहेको मतदान रातभर चल्ने भएको छ। केन्द्रीय निर्वाचन आयोगले मतदान प्रक्रिया निरन्तर जारी रहने बताएको छ।
आयोगले मतदान केन्द्रमा प्रवेशका लागि २ घन्टाको समय थप गरेको छ। यसअघि ८ बजेभित्र मतदान केन्द्र प्रवेश गरिसक्नुपर्ने बताइए पनि त्यसमा दुई घन्टा थपिएको आयोगले जनाएको छ।
प्रतिनिधिहरूले अब १० बजेभित्र टोकन लिई मतदान केन्द्रमा प्रवेश गरिसक्नुपर्ने छ। आयोगका अनुसार राति ८ बजेसम्म ११ सय मत खसेको छ भने १२ जना प्रतिनिधि टोकन लिएर हलमा प्रवेश गरेका छन् ।
























