
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत मतदान प्रक्रिया जारी छ । चौथो दिनपछि सुरु भएको मतदानसँगै एकातर्फ मतदान भइरहेको छ भने अर्कोतर्फ प्रचार–प्रसार पनि निरन्तर चलिरहेको छ।
अध्यक्षका उम्मेदवारहरू केपी शर्मा ओली र ईश्वर पोखरेल सँगसँगै हिँड्दै मत मागिरहेका छन् भने प्रतिनिधि आआफ्ना समर्थक नेताहरुको पक्षमा मत माग्ने सक्रिय छन् ।
मंगलबारदेखि बन्दसत्र स्थल भृकुटीमण्डपमा उपस्थित भई विभिन्न उम्मेदवारका पक्षमा मत मागिदिन गायिका ज्योति मगर पनि सक्रिय देखिएकी थिइन ।
बुधबार पनि महाधिवेशन स्थलमा पुगेकी ज्योतिले अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीलगायतसँग फोटोसुट गरेकी छन् । सार्वजनिक तस्बिरमा दुवै मुस्कुराएको देखिन्छ ।
भदौ २३ र २४ मा भएको ‘जेनजी आन्दोलन’पछि सामाजिक सञ्जालमार्फत आफ्ना राजनीतिक विचार व्यक्त गर्न थालेकी ज्योति महाधिवेशन सुरु भएसँगै खुलेरै नेकपा एमालेको समर्थनमा उत्रिएकी छन् ।

























