काठमाडौं । नेकपा एमालेको भावी नेतृत्वका लागि अध्यक्ष पदमा केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम जारी छ ।
ओलीले केहीबेर अघि मात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् भने अर्का अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलले त्यसअघि नै उम्मेदवारी दर्ता गराइसकेका छन् ।
निर्वाचन कार्यतालिका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ भने भोलि मतदान हुने छ ।
ओली र पोखरेल दुवैले आ–आफ्नो प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

























