काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमार्फत नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेका बेला अध्यक्ष केपी शर्मा ओली पक्षका पदाधिकारीदेखि सबै क्लस्टरका केन्द्रीय सदस्यहरू तथा आयोगका सदस्यहरुका उम्मेदवारहरु समेत टुंगिएको छ ।
अध्यक्ष ओलीको टिमबाट उपाध्यक्ष पदमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ उम्मेदवार बन्ने तय भएको छ ।
महासचिव पदमा शंकर पोखरेल नै उम्मेदवार बन्ने निश्चित भएको छ भने उपमहासचिव पदका लागि विष्णु रिमाल, रघुवीर महासेठ र भानुभक्त ढकाल उम्मेदवार बन्ने भएका छन् ।
सचिव पदमा लेखराज भट्ट, छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, शेरधन राई, यमलाल कँडेल, हिक्मत कार्की, महेश बस्नेत र डा. राजन भट्टराई उम्मेदवार बन्ने टुंगो लागेको छ ।
ओली पक्षका उम्मेदवारहरुको विवरण

























