काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । बिहानै सुरु गर्ने भनिएको बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो । त्यसलाई फेरि दिउँसो १ बजेका लागि सारिएको छ ।
भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ ।
अहिले केन्द्रीय कमिटीको अन्तिम बैठक बस्ने तयारी भइरहेको छ ।
बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्द शत्रका कार्यक्रमहरूबारे महत्वपूर्ण छलफल हुने बताइएको छ ।

























