काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनकै बीचमा केन्द्रीय कमिटी बैठक बोलाएका छन् । आइतबार बिहानदेखि काठमाडौं भृकुटीमण्डपमा बन्दसत्र सुरु हुने तय भएको थियो । अध्यक्ष ओलीले बिहान ९ बजे केन्द्रीय कमिटी बैठक बोलाएपछि बन्दसत्रको समय सरेको हो ।
पार्टी महाधिवेशन अन्तर्गत आइतबारबाट एमालेको बन्दसत्र भृकुटीमण्डपमा सुरु हुँदैछ । अध्यक्षले केन्द्रीय कमिटी बैठक बोलाएपछि बिहान ७ः३० सुरु हुने भनिएको बन्दसत्र दिउँसो १२ : १५ बजेका लागि सारिएको छ ।
एक केन्द्रीय सदस्यले अध्यक्ष ओलीले केन्द्रीय कमिटी र पदाधिकारीको संख्या बढाउनका लागि बन्दसत्र रोकेर केन्द्रीय कमिटी बैठक बोलाएको बताएका छन् ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार केन्द्रीय कमिटी बैठक भृकुटीमण्डपमा बिहान ९ बजेका लागि बोलाइएको हो ।

























