काठमाडाैं । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेकपा एमालेले सर्वसम्मत विधि, प्रक्रियाबाट सक्षम र नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरेका छन् ।
नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन शत्रमा बौल्दै उनले महाधिवेशनको माध्यमबाट एमालेलाई समयसापक्ष बनाउन योग्य नेतृत्व चयन हुने बताएका हुन् । उनले प्रमुख राजनितिक दलहरु कमजोर भएको अवस्थामा मुलुकमा निरङ्कुशता हावी भएको स्मरण गर्दै राजनितिक दलहरु मजबुत हुनुपर्नेमा जोड दिए । बहुदलिय व्यवस्थामा राजनीतिक दलहरु संगठित, व्यवस्थित र जनप्रिय हुनुपर्ने उनको भनाई छ ।
उनले एमाले महाधिवेशनले वर्तमान परिस्थितलाई संही ढंगले विश्लेषण गर्दै आगामी बाटो तय गर्न अन्य राजनीतिक दलहरुसँग सहकार्य गर्ने वातावरण बनाउने पनि विश्वास गरे ।
उनले भदौ २३ र २४ को जेन—जी आन्दोलनले मुलुकलाई गम्भिर समस्यामा धकेलेको पनि बताए । नेपालमा ऐतिहासिक सम्पती, विभिन्न राजनितिक दलका कार्यलयहरु जलाईएको उल्लेख गर्दै उनले ती आपराधिक क्रियाकलाप गर्नेहरुलाई समयले माफ नगर्ने पनि बताए ।




















