काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले कमजोर नभई झन् बलियो भएको बताएका हुन्। एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा स्वागत गर्दै पोखरेलले खरानी टकटकाउँदै उठेको बताएका हुन्।
उनले एमालेको भविष्य सकिएको भ्रम छर्नेलाई महाधिवेशनमा सहभागी जनताबाट भ्रम तोडिएको बताएका हुन्। उनले एमाले थप शक्तिशाली भएर उभिएको र अगाडि बढेको छ भन्ने सन्देश महाधिवेशनले देखाएको दाबी गरे।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पनि भ्रमपूर्ण खेति गर्नेक्रम जारी रहेको भन्दै आपत्ति जनाए। षडयन्त्र गरेर सरकारबाट हटाएपनि उनले नेपाली जनताको हृदयमा एमाले बसेको दाबी गरे ।

























