काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको पार्टी अध्यक्ष केपी शर्माले दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
एमाले महाधिवेशन अन्तर्गत उद्घाटन समारोह भक्तपुरको सल्लाघारीस्थित मैदानमा र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।
महाधिवेशनका लागि देशभरबाट २२ सय बढी प्रतिनिधि काठमाडौँ आइपुगेका छन् । महाधिवेशनस्थल सल्लाघारीमा बिहानैदेखि प्रतिनिधिहरु आउने क्रम जारी रहेको छ ।
उदघाटन समारोह स्थल वरपर भेला भएकाहरु साँस्कृतिक विशेषतासहितको आकर्षक मञ्चमा पुगेर फोटो खिचाउने इच्छा व्यक्त गरिरहेका छन् ।
तर मञ्च स्थलमा भने जान दिइएको छैन । त्यहाँ जान खोज्नेहरुलाई प्रहरीले अहिले रोकेको छ ।
एमालेको महाधिवेशन उदघाटन समारोह मध्याह्न १२ बजे सुरु गर्ने तयारी छ । त्यसअघि विभिन्न ठाउँबाट जुलुस निकाल्ने तयारी छ ।
























