काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँग भेटघाट गर्दै छन्। प्रेस चौतारी नेपालको आयोजनामा आज दिउँसो १ बजे कार्यक्रम तय भएको छ।
शनिबारदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशनलाई अघि राख्दै अध्यक्ष ओलीले यस भेटमा आगामी कार्ययोजना, रणनीति र नेतृत्व सम्बन्धी धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
एक एमाले नेताका अनुसार ओलीले सामान्य अपेक्षाभन्दा फरक विषय प्रस्तुत गर्ने मनस्थिति बनाइसकेका छन्।
यसअघि अध्यक्ष पदका अर्का प्रत्यासी तथा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंगलबार सम्पादकहरूसँग भेटघाट गरेका थिए।
























