काठमाडौं । सरकार र जेन–जीबीच सम्झौता बैठकमा चर्काचर्की भएको छ। जेनजी, जेनजी सहिद परिवार, जेनजी घाइतेको उपस्थितिमा प्रधानमन्त्री कार्कीसँगको हस्ताक्षरपछि केही जेनजी प्रतिनिधिले सम्झौता कार्यान्वयनमा शंका गर्दै राष्ट्रपतिकै हस्ताक्षर माग गरेका हुन्। उनीहरूले सरकार फेरिएसँगै सम्झौता कार्यान्वय नहुने होकि भन्नेमा शंका गरेका हुन्।
आज सरकारसँग जेन जी सहिद परिवारका प्रतिनिधि भोजराज थापाले हस्ताक्षर गरेका छन्। उनले हस्ताक्षर गरेपछि केही जेन जीहरूले चुनावका लागि आफूहरुले आन्दोलन नगरेको भन्दै असन्तुष्टि पनि जनाए।
स्थिति सामान्य नभएपछि केही जेन जी प्रतिनिधि सम्झौता बैठकबाट बाहिरिएका थिए। हलमा एकजना त्यहीँ एक जेनजी प्रतिनिधिले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा समेत माग गरे।

























