काठमाडौं । देशको ठूलो दल नेपाली कांग्रेस पनि भदौ २७ गते गरिएको प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा पुगेको छ ।
उक्त कदम असंवैधानिक भएको विघटित संसद्मा प्रमुख सचेतक श्याम घिमिरेले अधिवक्ता खम्मबहादुर खातीलाई वारिस बनाउँदै सर्वोच्च अदालतमा रिट हालेका हुन् ।
कांग्रेसको तर्फबाट घिमिरेले निर्वाचन समिति संयोजक एवम् पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई वारिसे बनाएर रिट हाल्न लगाएका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार महाराजञ्जमा वार्ता भएको थियो । त्यही भेटको प्रतिफल कांग्रेस पनि एमालेलाई पच्छ्याउँदे सर्वोच्चमा पुगेको हो ।
कांग्रेस प्रतिनिधि सभाका संसदीय दलका प्रमुख सचेतक घिमिरे र सचेतक सुशीला थिङसहित ८ जना सांसदलाई रिट निवेदक बनाएको छ । अब यो रिट सोमबार दर्ता हुने छ । यसअघि कांग्रेसले संसद् पुनर्स्थापनाका लागि हस्ताक्षर अभियान पनि चलाएको थियो ।

























