काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेको छ । आयोगका स्रोतले दिएको जानकारी अनुसार, क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारी समेत अख्तियारको नियन्त्रणमा रहेका छन्।
भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्डसँग सम्बन्धित भ्रष्टाचार मुद्दा दायर गर्न उनीहरूलाई पक्राउ गरिएको बताइएको छ। आयोगले उनीहरूलाई थप म्यादका लागि विशेष अदालतमा पेश गरेको स्रोतले जनाएको छ ।

























