ताप्लेजुङ । नेकपा एमालेले ११औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा ताप्लेजुङका दुई नेतामाथि कारबाही गर्दै निलम्बन गरेको छ। जिल्लाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरिसकेको अवस्थामै कोशी प्रदेश कमिटीले यो निर्णय गरेको हो।
कोशी प्रदेश सल्लाहकार परिषद्का सदस्य तथा पूर्वमन्त्री बलबहादुर साम्सोहाङ र प्रदेश पर्यटन विभागका सचिव मणिशंकर पोमुलाई १५ दिनभित्र स्पष्टीकरण दिन माग गरिएको छ।
जिल्लाको सिफारिसका आधारमा महाधिवेशन प्रतिनिधि छनोटका क्रममा निर्वाचन कमिटी संयोजक राजकुमार चुडालमाथि भएको आक्रमण तथा निर्वाचन प्रक्रियामा बाधा पुर्याएको आरोप लगाउँदै कारबाही गरिएको प्रदेश कमिटीको पत्रमा उल्लेख छ।
कारबाही सम्बन्धी पत्रमा प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाको हस्ताक्षर रहेको छ।

























