काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (वालेन)का बुवा राम नारायण साहको आज बिहान ७७ वर्षको उमेरमा निधन भएको छ । आइतबार बेहोसी अवस्थामा निजामती कर्मचारी अस्पताल लगिएका उनको आज बिहान निधन भएको हो ।
चिकित्सकाअनुसार पिसावको संक्रमणका कारण उनको मृत्यु भएको हो । साहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि सिभिल अस्पताल पुगेकी थिइन् ।
रामनारायणमा लामो समयदेखि मधुमेह र पिसाबको संक्रमण रहेको पनि चिकित्सकले जानकारी दिएका छन् । आयुर्वेदिन चिकित्सक उनी २०५८ सालदेखि ०६३ सालसम्म सिंहदरबार बैद्यनाखाका प्रवन्ध निर्देशक थिए । स्वर्गीय साहलाई हार्दिक श्रद्धाञ्जली, वालेनलगायत परिवारलाई हार्दिक समवेदना ।

























