काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक भएको छ । एमालेको महाधिवेशन प्रचार समितिद्वारा आज पार्टी कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन् ।
पार्टीका सचिव एवं प्रचार समितिका संयोजक पद्यमा अर्यालले उक्त लोगो पार्टीको इतिहास, आन्दोलन र संकल्पको कलात्मक रुप भएको बताएकी छिन् । लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँच तल्ले मन्दिर, पार्टीको निर्वाचन चिन्ह आदिलाई बहुभाषिक रूपमा संयोजन गरिएको छ ।
कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत पदाधिकारीको उपस्थिति थियो । सोही अवसरमा महाधिवेशन केन्द्रित जिङ्गल पनि सार्वजनिक गरियो ।
यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि यही मङ्सिर १३ गते मातहतका कमिटीमा प्रतिनिधि छनोट सकिएको छ । महाधिवेशन उद्घाटन भक्तपुरको सल्लाघारीमा हुने छ भने निर्वाचन भृकृटीमण्डपमा हुने छ ।

























