काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा लोकतन्त्र नचल्ने भन्ने प्रकारका टिप्पणीहरू प्रति आपत्ति जनाएका छन्। आइतबार महाधिवेशन प्रचार समितिद्वारा आयोजित लोगो सार्वजनिक कार्यक्रममा बोल्दै उनले आगामी महाधिवेशनमा लोकतान्त्रिक प्रक्रियाअनुसार मतदान हुने स्पष्ट गरे।
ओलीले भने ‘सर्वसम्मतिका नाममा सेन्टिमेन्टल काम हुँदैन । रोक्ने सोक्ने काम हुँदैन । प्रतिस्पर्धा हुन्छ, एमालेमा डेमोक्रेसी छैन । चुनावै लडेन, कसैलाई चुनाव लड्न दिएन भन्दै गर्लान् । नदिइएको होइन, मेरो आग्रह छ एकताबद्ध भएर जाऔं, एकअर्कामा टिकाटिप्पणी गर्ने खुइल्याउने, होच्याउने, अपमान गर्ने जस्ता काम किन गर्ने ? त्यस्तो नगरौं ।‘
उनले पार्टीभित्र एकता आवश्यक रहेको उल्लेख गर्दै आपसी आरोप–प्रत्यारोप, होच्याउने वा खुइल्याउने व्यवहार नगर्न नेताकार्यकर्तालाई आग्रह गरे ।
ओलीले पार्टीभित्र पुनर्गठन, जिम्मेवारी हस्तान्तरण र पुस्तान्तरणको प्रक्रिया आवश्यक हुने समेत बताए ।

























