काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल सुरु भएको छ । एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला प्रधानमन्त्रीसँगको वार्तामा सहभागी छन् ।
सरकारतर्फबाट छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल सहभागी भएका छन् ।
प्रधानमन्त्री कार्कीले आगामी चुनावको वातावरण सहज बनाउन दलका नेतृत्वसँग संवाद प्रक्रिया अघि बढाइरहेकी छन् । यतिबेला एमाले संसद पुनर्स्थापनाको मागसहित सडकदेखि अदालतसम्म सक्रिय विरोधमा उत्रिएको छ, जसलाई ध्यानमा राख्दै प्रधानमन्त्रीले छलफल सुरु गरेकी हुन्।

























