काठमाडौं । घनश्याम भूसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तबीच पार्टी एकता गर्ने सहमति भएको छ। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत दुवै पक्षका नेताहरूले एकता सम्बन्धी सहमति सार्वजनिक रूपमा जानकारी दिएका हुन्।
नेता विजय पौडेलका अनुसार एकतापछि निर्माण हुने नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी संयुक्त’ रहनेछ। पार्टीको चुनाव चिह्न पनि हाल नेकपा संयुक्तले प्रयोग गर्दै आएको हँसिया नै हुने सहमति भएको छ।
त्यस्तै, नयाँ पार्टीको झण्डामा प्रचलित कम्युनिस्ट झण्डाका तत्वसहित बौद्धिक श्रमको प्रतिनिधित्व गर्ने चिन्ह थप्ने तयारी गरिएको बताइएको छ।
दुवै समूहले केही दिनमै औपचारिक एकता घोषणा कार्यक्रम गर्ने र पार्टी एकता पछि दुई महिनाभित्र सम्मेलन सम्पन्न गर्ने योजना सार्वजनिक गरेका छन्।

























