काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्ने भएको छ। उद्घाटन खेल आज साँझ ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ, जहाँ साबिकको विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज आमनेसामने हुनेछन्।
एनपीएलका लागि नेपाल क्रिकेट संघ (क्यान) ले हालसम्म ९ हजार ४ सय टिकट बिक्री गरिसकेको छ। खेलका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ र त्रिवि मैदानमा दुई हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएका छन्।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार नेपाल प्रहरीका १९ सय, सशस्त्र प्रहरीका २५० तथा करीब ३०० प्राइभेट सुरक्षाकर्मी परिचालन गरिएको छ।
उद्घाटन खेल अवलोकन गर्न दर्शकहरूको भीड त्रिवि मैदानतर्फ बढिरहेको छ।

























