काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक आज दिउँसो बस्ने भएको छ। बैठक गृह मन्त्रालयमा दिउँसो ३ बजे गृह मन्त्री ओम प्रकाश अर्यालको आह्वानमा बस्न लागेको हो।
शान्ति–सुरक्षासम्बन्धी समग्र अवस्थामाथि समीक्षा र आवश्यक समन्वयका विषयमा छलफल गर्न बैठक बोलाइएको बताइन्छ।
बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एक जना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा मन्त्रालयको शान्ति–सुरक्षा महाशाखाका प्रमुखलगायतका अधिकारीहरूको सहभागिता रहनेछ।




















