जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादव मंगलबार बिहानै मधेश भवन पुगेका छन् । सोमबार नियुक्ति र शपथ ग्रहणका क्रममा भवन परिसरमा उत्पन्न तनावपूर्ण अवस्थाका कारण उनी आज बिहान निरीक्षणका लागि भवन पुगेका हुन्।
भवनमा पुगेपछि उनले सोमबारको घटनाबारे जानकारी लिए र तोडफोड तथा अराजक गतिविधिप्रति असन्तुष्टि जनाए। यादवले प्रदर्शनका क्रममा राष्ट्रिय झण्डाको अपमान, सरकारी कर्मचारीमाथिको कुटपिट र सार्वजनिक सम्पत्तिमा भएको क्षतिको घटनामा प्रहरी प्रशासन निष्क्रिय बनेको भन्दै प्रश्न उठाए। “प्रहरीले किन मुकदर्शक बनेर बस्यो, किन दोषीलाई नियन्त्रणमा लिएनरु” भन्दै उनले असन्तोष प्रकट गरे।
मुख्यमन्त्री यादवले घटनामा संलग्न व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
संविधानको धारा १६८९३० अनुसार प्रदेशसभाको ठूलो दलका नेता रूपमा प्रदेश प्रमुखबाट नियुक्त भएका यादवले सोमबार बिहान बर्दिबासस्थित पानस होटलमा शपथ ग्रहण गरेका थिए। त्यसपछि मधेश भवनभित्र र बाहिर विरोध प्रदर्शन र तोडफोडका घटना भएका थिए।




















