काठमाडौँ । वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ राष्ट्रिय सभामा दर्ता भएको छ ।
अन्तरिम सरकारले तयार पारेको उक्त विधेयक अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अर्थ मन्त्रालयको तर्फबाट राष्ट्रिय सभामा प्रस्तुत गरेका हुन् ।
यसअघि प्रतिनिधि सभामा छलफलमा रहे पनि सभामण्डल विघटन भएपछि विधेयक निष्क्रिय भएको थियो ।
सरकारले अहिले आवश्यक संशोधन र परिमार्जनसहित सो विधेयक पुनः राष्ट्रिय सभामा दर्ता गराएको हो ।

























