काठमाडौँ । नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसाल नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई भेट्न पुगेका छन्।
शुक्रबार बिहान ललितपुरको हरिसिद्धीस्थित विप्लव निवासमा पुगेका उनीहरूबीच अहिले पनि छलफल जारी रहेको स्रोतले जनाएको छ।
माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको पार्टी एकता प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै केही नेताहरूले नयाँ राजनीतिक ध्रुवीकरणको प्रयास गर्दै आएको सन्दर्भमा यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
पार्टी विभाजन हुनु अघि नै जनार्दन शर्मा, राम कार्की र घनश्याम भूसालले विप्लवसहितका नेताहरूसँग नयाँ राजनीतिक ध्रुवीकरणबारे अनौपचारिक संवाद सुरु गरेका थिए।

























