काठमाडौं । नेकपा (एस) बाट विद्रोह गरेका नेता रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायत एमालेमा फर्किने निश्चित भएको छ।
एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसँग भएको भेटघाटपछि यो निर्णय भएको हो ।
यसै सन्दर्भमा आगामी २४ गते दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा एमालेले “घर फर्कने अभियान” कार्यक्रम आयोजना गरेको पोलिट्ब्यूरो सदस्य महेश बस्नेतले जानकारी दिएका छन् । ५० जनाभन्दा बढी केन्द्रीय सदस्यहरू साे दिन एमालेमा फर्किने निश्चित भएको उनले बताएका छन् । साथै उनले यस कार्यक्रममा सक्रिय सहभागिताका लागि अनुरोध समेत गरेका छन् ।
























