काठमाडौँ । पोखरा बचत तथा ऋण सहकारी संस्थामा ठूलो रकम हिनामिनाको आरोप लागेपछि संस्थाका अध्यक्षसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार वर्तमान अध्यक्ष सुरेन्द्रबहादुर गोदारलाई बुधबार पक्राउ गरिएको हो ।
सहकारी रजिस्ट्रार कार्यालय कास्कीले उक्त सहकारीमा रहेका बचत, सेयर, जगेडा लगायतका कोषमा हुनुपर्ने रकम गुमेको भन्दै मंगलबार प्रहरीलाई कारबाहीका लागि पत्राचार गरेको थियो। रजिस्ट्रारको पत्र पाएको भोलिपल्टै प्रहरीले संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा अध्यक्ष गोदारसँगै सचिव दिलबहादुर केसी, कोषाध्यक्ष हिरामणी दाहाल, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भिष्मप्रसाद गुरुङ, सुपरमाइज मार्केट प्रमुख बेदीप्रसाद सुवेदी र पूर्व सचिव इन्द्रप्रसाद रहेका छन्।
उनीहरूले सहकारीको बचत, सेयर र जगेडा कोषसमेत गरी करिब ८८ करोड ७० लाख ९ हजार ९६२ रुपैयाँ हिनामिना गरेको आरोप प्रहरीको भनाइ छ।

























