झापा । गौरादहस्थित एक होटलबाट राश्वपा नगर सभापति सहित १६ जना जुवाडे पक्राउ परेका छन् । गएराति गौरादह नगरपालिका ५ स्थित स्कूलचौन बजारमा रहेको सत्कार होटलमा जुवा तास खेलाईरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
प्रहरीले छापा मार्दा होटल सञ्चालक, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नगर सभापतिसहित १६ जना पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले एक लाख ६ हजार ६ सय २० रुपैया समेत बरामद गरेको छ ।
पक्राउ पर्ने मध्ये बिनोद अधिकारी भने गत भाद्र २४ गतेको तोडफोड र आगजनीमा पनि संलग्न भएका ब्याक्ती रहेको प्रहरीले जनाएको छ ।
को को हुन् त पक्राउ पर्ने ?
(१) रास्वपा गौरादह नगर सभापति जगत अधिकारी गौरादह ३
(२) गौरादह रास्वपा ४ नंबर वडा सभापति युबराज खड्का ।
(३) भरत कार्की
(४) हृदय सुवेदी
(५) टंक बराल (सुन ब्यबसायी)
(६) राम फुँयाल
(७) केदार मगर
(८) नबराज भट्टराई
(९) रोशन खत्री
(१०) बिनोद अधिकारी, गौरादह ५ (तोडफोड आगजनीमा संलग्न)
(११) दुर्गा पौडेल
(१२) मकर अधिकारी
(१३) अशोक काफ्ले
(१४) अर्जुन श्रेष्ठ
(१५) सुदिप चेम्जुङ्ग
(१६) दिल बहादुर मगर ।

























