काठमाडौं । नागरिक उन्मुक्ति पार्टीबाट अलग भएका रेशम चौधरीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । बिहीबार निर्वाचन आयोग पुगेर चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ताका लागि निवेदन दिएका हुन्।
चौधरीले जेनजी युवाको प्रतिनिधित्व हुने गरी कबीर सोबलाई अध्यक्ष बनाएका छन्। उनी आफैं भने संरक्षकको भूमिकामा रहने बताए।
त्यस्तै जनमत पार्टी परित्याग गरेका अब्दुल खानलाई पार्टीको वरिष्ठ उपाध्यक्ष बनाइएको चौधरीले बताए । महासचिवमा भने थारू आयोगका पूर्व सदस्य डा. उमाशंकर चौधरीलाई बनाइएको छ।
भौगोलिक सांस्कृतिक पहिचानसहितको संघीयता र समुदायमा आधारित समाजवादको अवधारणमा नयाँ पार्टी गठन गरिएको उनले बताए । उनले जेनजीको भावनासमेत समेटेर पार्टीलाई अघि बढाइने बताए । चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल पार्टीको चुनाव चिन्ह जाँतो प्रस्ताव गरिएको छ ।

























