काठमाडौँ । नेपाल बार एसोसिएशनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेले संविधानमा सुधार तथा जेनजी पुस्ताका माग पूरा गर्नका लागि संसद् पुनर्स्थापना अपरिहार्य भएको बताएका छन् ।
संसद् विघटन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा जारी बहसका क्रममा बोल्दै उनले भने, “संविधानमा सुधार र संशोधन गर्न, र जेनजी पुस्ताका माग सम्बोधन गर्न संसद् पुनर्स्थापना आवश्यक छ।”
उनले यस विषयमा निरन्तर सुनुवाइको आवश्यकता औंल्याउँदै स्मरण गरे, “यसअघि २०५१, २०७७ र २०७८ सालमा पनि निरन्तर सुनुवाइ भएको थियो। अहिले पनि त्यही प्रक्रियालाई निरन्तरता दिनुपर्छ।”
घिमिरेले राजनीतिक दलहरूबीच सहमतिमा अघि बढ्नुको आवश्यकता जोड दिँदै भने, “संसद् पुनर्स्थापना गरेर दलहरूको सहमतिमा अघि बढ्नुपर्छ, तब मात्र जेनजी पुस्ताका माग र संविधान संशोधनका विषयलाई व्यवहारिक रूपमा सम्बोधन गर्न सकिन्छ।”

























