झापा । दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य २१ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस दुर्घटना हुँदा त्यसमा ३५ जना सवार थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य २० जना उपचारपछि घर फर्केका छन् ।
बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राति करिब १२ बजे दमकबाट मोरङको टाँडी तर्फ गइरहेको बा.२ ख १९८३ नम्बरको बस अनियन्त्रित भई सडकको नालीमा पल्टिँदा दुर्घटना भएको हो। बसमा करिब ३५ जना सवार थिए।
दुर्घटनामा गम्भीर घाइते भएका मोरङ मिक्लाजुङ गाउँपालिका–३ का ३६ वर्षीय भिमबहादुर मगरको उपचारका क्रममा मृत्यु भएको झापा प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका अधिकांशको अवस्था सामान्य रहेको बताइएको छ।
घाइतेहरूलाई खरखरे अस्पतालमा उपचारका लागि लगिएको थियो। तीमध्ये २० जनालाई उपचारपछि आज बिहान डिस्चार्ज गरिएको छ भने १७ वर्षीया सपना श्रेष्ठको उपचार हाल पनि जारी छ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
मृतक
भिमबहादुर मगर (३६ वर्ष, मिक्लाजुङ–३, मोरङ) — उपचारका क्रममा निधन।
घाइतेहरूको विवरण (सबैको अवस्था सामान्य)
सिता मगर (४१ वर्ष) – बाहिरी चोट छैन
योगेश मगर (१३ वर्ष) – छातीमा चोट
विपिन श्रेष्ठ (१४ वर्ष) – अनुहारमा चोट
सपना श्रेष्ठ (१७ वर्ष) – पेटमा चोट
नन्दमाया मगर (३२ वर्ष) – ढाडमा चोट
आशिन लिम्बु (१८ वर्ष) – टाउकोमा चोट
रामकुमारी मगर (५५ वर्ष) – छातीमा चोट
सिता मगर (४५ वर्ष) – छाती र पेटमा चोट
रोनिशा दर्जी (१४ वर्ष) – छातीमा चोट, बेहोस भएपछि सामान्य
टंकबहादुर गुरुङ (५७ वर्ष) – टाउकोमा चोट
साजन श्रेष्ठ (९ वर्ष) – बाँया हातमा चोट
विष्णु कुमारी लिम्बु (२८ वर्ष) – बाँया हातमा चोट
निकेश भुजेल (१५ वर्ष) – दाहिने खुट्टामा चोट
शिसिर राई (१४ वर्ष) – दाहिने हात र टाउकोमा चोट
प्रेम रसाइली (४७ वर्ष) – दाहिने हातमा चोट
रुपा रसाइली (४५ वर्ष) – ढाडमा चोट
सन्दिप रसाइली (८ वर्ष) – बाँया हातमा चोट
राजन श्रेष्ठ (१६ वर्ष) – टाउकोमा चोट
एन्जिला जोगी (१५ वर्ष) – पेटमा चोट
पुनम मगर (२२ वर्ष) – बाँया हातमा चोट






















