काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र मन्त्रालयका सहसचिवसहित ३६ जनाको सरुवा गरेको छ ।
गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालय मातहतका दुई विभागका महानिर्देशकसहित ललितपुर, मोरङ, रुपन्देहीलगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू सरुवा भएका हुन् ।
मन्त्रालयका अनुसार सरुवा भएको सूचीमा केन्द्र र जिल्लामा कार्यरत अधिकारीहरू दुवै समावेश छन् । नयाँ व्यवस्थापनका क्रममा केही सीडीओहरूलाई मन्त्रालयमा तानिएको छ भने केहीलाई जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ ।
गृहमन्त्रालयले प्रशासनिक दक्षता र कार्यसम्पादन सन्तुलनका लागि यो सरुवा प्रक्रिया गरिएको जनाएको छ ।




























