काठमाडौँ । डा. निकोलस भुसालले आगामी १६ गतेबाट अर्को विद्रोह सुरु हुने भन्दै सरकारसामु जेनजीको माग पुरा गर्न चेतावनी दिएका छन् ।
शनिबार एक कार्यक्रमको आयोजना गरी उनले अन्तिम विद्रोहको तयारी पुरा भएको भन्दै जेनजीका माग पुरा नभए अर्को सरकार गठन गर्ने बताएका हुन् ।
उनले १३ दिनमा सरकार परिवर्तन गरी अर्को संविधानको समेत तयारी गरिरहेको बताए । भुसालले अबको विद्रोहपछिको सरकारले किसानको उत्पादन किन्ने र किसानका समस्या समाधान गर्ने बताए ।

























