काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य महेश बर्तौलाले मुलुकको शान्ति सुरक्षा र निर्वाचनका मुख्य चुनौती नै वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याल भएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमार्फत बर्तौलाले यदि सक्कली छानबीन र अनुसन्धान गर्ने हो भने जेन जी युवाहरुको शान्तिपूर्ण प्रदर्शनमा व्यापक घुसपैठ गरि बिध्वंस मच्चाउने नर्सरीका मुख्य माली नै गृहमन्त्री अर्याल रहेको निष्कर्ष निस्कने दावी गरेका छन् ।
गृहमन्त्री अर्यालय अहिलेसम्म पनि इर्श्या, डाह, कुण्ठा र आक्रोश भन्दा बाहिर निस्कनै नसकेको बताउँदै नेता बर्तौलाले लेखेका छन् “उनी लुटिएका हतियारहरु खोज्दैनन, प्रहरीको दबेको मनोबल उठाउने प्रयत्नै गर्दैनन, भागेका कैदिबन्दीहरु कहाँ छन चासो नै राख्दैनन, हरेक दिन जसो हत्या र हिंसाको घटना घटिरहेका छन यसमा फिटिक्कै चिन्ता छैन बरु शान्ति र स्थिरता भङ्ग गरेर मुलुकमा हिंसा, अराजकता र अस्थिररताको प्रवर्धनका लागि पुर्व पुर्वप्रधानमन्त्री, पुर्वमन्त्री, शिर्ष नेताहरु र राजनितिक दलहरुलाई भड्काउन, उत्तेजित बनाउन, इरिटेसन गर्न हरसम्भब बेलगाम झुटा अभिब्यक्ति र घातक कृयाकलापहरु गरिरहेका छन ।”
जेन जी युवाहरुको भावना र आकाङ्क्षा माथि धोका दिदै झुक्याएर षडयन्त्रकारीहरूसँगको मिलिभगतमा गृहमन्त्री भएका अर्याल फागुन २१ को निर्वाचन गराउने कार्यादेश टारेर कथित गृहमन्त्रीको कुर्सिमा थप बसिरहन विभिन्न हर्कत गरिरहेको बर्तौलाले उल्लेख गरेका छन् ।
उनि गौ बधको पक्षमा वकालत गरेर समाजमा धार्मिक अशान्ति निम्त्याउन जोडबल लगाउने लाइसेन्सवाला वकिल भएको आरोप लगाउँदै बर्तौलाले लेखेका छन् -“वडा सदस्य समेत नभएका उनिलाई न त जनादेशप्रति उत्तरदायी हुनु छ, न त देशप्रति उत्तरदायी हुनु छ, न त संविधानप्रति या न त जनता नै प्रति । उनलाई त केवल षडयन्त्रप्रति र आफ्नै निजि स्वार्थप्रति मात्रै उत्तरदायी भए पुग्छ । जनताप्रति भरोसा बोक्नेहरुले जहिल्यै पनि जनादेशलाई सम्मान गर्दछ र शान्तिपूर्ण आवद्यिक निर्वाचन प्रति बिस्वास गर्दछ । तर जनताप्रति भरोसा नभएकाहरुले जहिलेसुकै आतङ्क, बिध्वंस र बिनासप्रति मात्रै बिस्वास गर्दछ र झुट तथा षडयन्त्रको सहारा लिने गर्दछ । जुन गृहमन्त्री अर्यालले गरिरहेका छन ।”

























