काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार आगजनी, तोडफोड र लुटपाटको जगमा बनेको आरोप लगाएका छन् ।
शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजित भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै उनले सो जिकीर गरेका थिए । अध्यक्ष ओलीले सरकारलाई संविधानले नचिनेको समेत दोहो-याए ।
उनले जनताको अभिमतबाट बनेको प्रतिनिधि सभा भंग गर्ने अधिकारी सरकारलाई कसले दियो भनि प्रश्न समेत गरे । उनले भदौ २३ र २४ गतेको आन्दोलनलाई प्रतिक्रान्तिको संज्ञा दिँदै त्यसले मुलुकलाई प्रतिगमनतर्फ धकेलेको दावी समेत गरे ।
अध्यक्ष ओलीले मुलुकमा सरकारले प्रतिसोध साँध्ने खालको व्यवहार प्रर्दशन गरिरहेको समेत बताए ।

























