काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक कात्तिक १३ गतेसम्मका लागि स्थगित भएको छ ।
असोज २८ गतेदेखि केन्द्रीय कार्यालय सानेपामा सुरु भएको उक्त बैठक शनिबार केहीबेर बसेर स्थगित गरिएको हो ।
कांग्रेसका पूर्व केन्द्रीय सदस्य ८४ वर्षीय ऋषिकेष गौतमज्यूको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेर आजको बैठक सकिएको थियो।
बैठक अब कात्तिक १३ गते दिउँसो १ बजेदेखि सानेपामा बस्नेछ भनी कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइसकेका छन् ।
कार्यवाहक सभापति खड्काकै सभापतित्वमा कांग्रेस केन्द्रीय समिति बैठक बस्दै आएको थियो । बैठकमा केन्द्रीय सदस्यज्यूहरूले धारणा राख्ने क्रम जारी रहेको थियो ।

























