काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैठकमा पार्टीको ११ औँ महाधिवेशन आगामी मङ्सिर २७, २८ र २९ गते गर्ने प्रस्ताव गरेका छन्।
बुधबारबाट ललितपुरमा सुरु एमाले केन्द्रीय कमिटीको १० औँ बैठकलाई सम्बोधन गर्दै महाधिवेशन पोखरामा आयोजना गर्ने प्रस्ताव गरेका हुन्।
त्यस्तै मुलुकको राजनीतिक परिस्थिति र हाम्रो नीति विषयक अध्यक्ष ओलीको विशेष प्रस्तावमा जेनजी आन्दोलनको स्वतन्त्र र निष्पक्ष छानबिन गर्दै दोषीमाथि कडा कारबाही हुनुपर्ने उल्लेख गरिएको छ।

























